भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा
rajdhanidaily.com · Sun Aug 30 14:12:22 GMT 2026

जनकपुरधाम । रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् ।
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बाढीमा परेर हराइरहेका मधेस प्रदेशका १९२ जनामध्ये आज बिहानसम्म सो सङ्ख्यामा टेलिफोनमार्फत सम्पर्कमा आएका हुन् । हालसम्म सप्तरीका ४९, पर्साका ४०, रौतहटका १९, बाराका २५, सर्लाहीका १९, महोत्तरीका १७, धनुषाका १३ तथा सिरहाका १० जना सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको प्रवक्ता ढकालले बताए ।
Read full story at source (rajdhanidaily.com)