अन्तर्राष्ट्रिय मञ्चमा नेपालले जलवायु परिवर्तनको उठाउँछ कुरा, तर पाउँदैन केही !
ratopati.com · Sun Aug 30 14:15:00 GMT 2026

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भनेका थिए, 'म हिमालको काखमा छु, जहाँ तीव्र रूपमा हिमनदीहरू पग्लिरहेका छन् । ग्रिनल्यान्ड र अन्टार्क्टिकाजस्तै समुद्री सतह बढेको छ । हामी यहाँ बाढी र पहिरोको जोखिम देख्न सक्छौँ, जसबाट स्थानीय समुदायहरू निकै प्रभावित भएका छन् ।'
२०८० कात्तिक १२ गते नेपाल भ्रमणमा आएका महासचिव गुटेरेसले सगरमाथा र अन्नपूर्ण क्षेत्र अवलोकनका क्रममा उक्त धारणा व्यक्त गरेका थिए । उनले पृथ्वीको तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्नुपर्ने कुरामा जोड दिएका थिए । उनले नेपाल आएर यस्तो प्रतिबद्धता जनाएको पनि लामो समय भइसकेको छ, तर जलवायु परिवर्तनका क्षेत्रमा ठोस प्रगति नभएको जलवायु कूटनीति विज्ञहरू बताउँछन् ।
Read full story at source (ratopati.com)