एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित
nepallive.com · Sun Aug 30 14:12:55 GMT 2026

काठमाडौं — नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी)को दोस्रो वार्षिक साधारणसभा आइतवार सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा भएको सभाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन, आर्थिक विवरण र लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ। सञ्चालक समितिले नियुक्त गरेको स्वतन्त्र सञ्चालकलाई पनि सभाले अनुमोदन गरेको छ।
सभाले गएको आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको २.५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ। यसैसँगै बोनस सेयरमा लाग्ने करका लागि रु. १५ लाख ५७ हजार ३४३ नगद लाभांश दिने प्रस्ताव पनि पास भएको छ।
Read full story at source (nepallive.com)