सन्नाटामा शान्ति खोजिरहेको कप्तानगञ्ज !
lokaantar.com

दिउँसोको टन्टलापुर घाममा बुधबार दिउँसो सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जस्थित रामपुरा चोक पुग्दा दृश्य अलि फरक थियो । सामान्य अवस्थामा मानिसहरूको निकै चहलपहल हुने यो चोक अहिले सुरक्षाकर्मीको पहरा र कर्फ्युको सन्नाटामा जेलिएको छ । चोकका पसलहरूका सटर झरेका छन्, तर मानिसहरूको मनमा भने अनेकौँ प्रश्न छन् ।
केही युवाहरू चोकमा टोलाएर बसिरहेका देखिए । युवाको भिडलाई सुरक्षाकर्मीले कडा निगरानी गरिरहेका छन् । नेपाल प्रहरी पहिलो घेरामा थियो भने दोस्रो घेरमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाले चोक र त्यहा भेला भएकालाई नियन्त्रण गरिरहेका थिए ।
Read full story at source (lokaantar.com)