केरामा अस्वभाविक मूल्यवृद्धि, बजार अनुगमन गर्न माग
ratopati.com · Thu Jul 30 04:35:46 GMT 2026

कैलाली । कैलाली र कञ्चनपुरका केरा उत्पादकले बजारमा केराको मूल्य अस्वभाविक रूपमा वृद्धि भएको जनाउँदै बजार अनुगमन प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेका छन् ।
केरा उत्पादक सङ्घ कैलाली र केरा उत्पादक तथा व्यवसायी सङ्घ कञ्चनपुरद्वारा आज यहाँ आयोजित संयुक्त पत्रकार सम्मेलनमा ती सस्थाका प्रतिनिधिले हाल बगानबाट गुणस्तरअनुसार प्रतिदर्जन रु ६० देखि रु ६५ सम्ममा बिक्री भइरहेको भए पनि उपभोक्ताले बजारमा सोही केराका लागि अत्यधिक मूल्य तिर्न बाध्य भएकाले नियमनका लागि आग्रह गरेका हुन् ।
Read full story at source (ratopati.com)