कर्फ्युले रोकिएका २८९ सवारी साधनलाई स्कटिङ गरी गन्तव्यतर्फ पठाइयो
annapurnapost.com · Thu Jul 30 05:06:35 GMT 2026

सुनसरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि जारी कर्फ्युका कारण अलपत्र परेका २८९ वटा सवारी साधनलाई नेपाल प्रहरीले स्कटिङ गर्दै सुरक्षित रूपमा गन्तव्यतर्फ पठाएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले इटहरीको पकलीदेखि कोशी ब्यारेजसम्म अनिश्चितकालीन कर्फ्यु जारी गरेपछि सयौं यात्रु तथा मालवाहक सवारी साधन सुनसरीको पकली र सप्तरीको भारदह क्षेत्रमा रोकिएका थिए । अलपत्र परेका यात्रु तथा सवारी साधनको सुरक्षा सुनिश्चित गर्दै उनीहरूलाई गन्तव्यसम्म पुर्याउन प्रहरीले स्कटिङको व्यवस्था गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्र खड्काले जानकारी दिए ।
Read full story at source (annapurnapost.com)