प्रतिनिधिसभा सुरु हुनेवित्तिकै विपक्षी दलहरूको उठेर विरोध
ratopati.com · Thu Jul 30 05:26:26 GMT 2026

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले उठेर विरोध गरेका छन् । सिंहदरबारस्थित संसद् भवनमा सभामुख बिहीबार डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने विक्तिकै विपक्षी दलहरूले बैठकमा आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन् ।
अहिले सभामुख अर्यालले कांग्रेस प्रमुख सचेतक वासना थापालाई बोल्न समय दिएका छन् ।
Read full story at source (ratopati.com)