सुनसरीको कप्तानगञ्ज घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : कांग्रेस
ratopati.com · Thu Jul 30 05:42:02 GMT 2026

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुनसरीको कप्तानगञ्जमा भएको दुःखद घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा कांग्रेस प्रमुख सचेतक वासना थापाले कप्तानगञ्जमा भएको झडप र प्रहरीको गोली लागेर स्थानीय ओमप्रकाश मेहताको ज्यान गएको घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएकी हुन् । उनले सो घटनामा दर्जनौँ नागरिक घाइते भएको भन्दै शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको बताइन् ।
‘नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ? यसको जवाफ सरकारले सदनमा दिनुपर्छ,’ थापाले भनिन्, ‘घटनाको निष्पक्ष र विश्वसनीय छानबिन हुनुपर्छ र यसको पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ ।’
Read full story at source (ratopati.com)