आधुनिकतालाई चिर्दै असारे भाकामा कटहरेका आमाहरू
newsofnepal.com · Thu Jul 30 05:43:37 GMT 2026

धादिङ । साउनको सिमसिमे झरी र मगमगाउँदो हिलोको गन्ध । धादिङको नीलकण्ठ नगरपालिका–७, कटहरे फाँट पुग्दा चटारो केवल रोपाइँको मात्र थिएन, हराउँदै गएको मौलिक संस्कृतिको खोजीको पनि थियो ।
खेतको आली लगाउँदै हुनुहुन्थ्यो स्थानीय विष्णुप्रसाद पोखरेल । ‘अब त खेत हिल्याउन ट्याक्टर आइहाल्छ नि’, पोखरेलले आलीको चपरा फर्काउँदै गर्दा हामी भने खेतका गह्रामा लोप हुन लागेको ‘असारे भाका’ को सुरिलो धुन खोजिरहेका थियौँ ।
Read full story at source (newsofnepal.com)