कप्तानगञ्ज घटनामा कांग्रेसको प्रश्न– प्रधानमन्त्री र गृहमन्त्री किन मौन ?
shilapatra.com · Thu Jul 30 05:41:34 GMT 2026

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुनसरीको कप्तानगञ्जमा भएको हिंसात्मक घटनालाई लिएर सरकारको आलोचना गरेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा कांग्रेसकी प्रमुख सचेतक वासना थापाले उक्त घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने माग गरिन् ।
प्रमुख सचेतक थापाले कप्तानगञ्जमा भएको घटनामा ओमप्रकाश गुप्ताको मृत्यु भएको र दर्जनौँ नागरिक घाइते भएको विषयमा सदनको ध्यानाकर्षण गराइन् । उनले शान्ति सुरक्षा कायम गर्न सरकार पूर्ण रूपमा असफल भएको आरोप लगाइन् ।
Read full story at source (shilapatra.com)