कर्णाली सचिव यादव मन्त्रिपरिषद्मा, प्रधानमन्त्री कार्यालयकी अर्याललाई कर्णालीमा सरुवा
shilapatra.com · Thu Jul 30 05:45:11 GMT 2026

मन्त्रिपरिषद् बैठकले वीरेन्द्रकुमार यादवलाई मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको छ । यसअघि कर्णाली प्रदेशमा सचिव रहेका यादवलाई मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरी शासकीय मामिला तथा मन्त्रिपरिषद् बैठक हेर्ने जिम्मा दिइएको हो ।
त्यस्तै कर्णाली प्रदेश सचिवमा राधिका अर्याललाई सरुवा गरिएको छ । अर्याल महिला बालबालिका मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयको जगेडा समूहमा गएको १५ दिन पनि बितेको थिएन । त्यस्तै, राष्ट्रिय तथ्यांक कार्यालयका सचिव कमल पोखरेललाई सञ्चार सचिवमा सरुवा गरिएको छ ।
Read full story at source (shilapatra.com)