रुसी आक्रमणमा युक्रेनमा २ बालबालिकासहित १३ जनाको मृत्यु
ratopati.com · Thu Jul 30 05:52:57 GMT 2026

किभ । रुसले बिहीबार युक्रेनमाथि गरेको हवाई आक्रमणमा कम्तिमा १३ जनाको मृत्यु भएको छ । यस घटनामा किभमा एक जनाको मृत्यु भएको बताइएको छ । आक्रमण पश्चिमी शहर लभिभसम्म भएको थियो । यस्तोमा छिमेकी देश पोल्यान्ड आफ्नो हवाई क्षेत्रलाई सुरक्षित राख्न फाइटर जेट तयार राख्न बाध्य भएको थियो ।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिकाबाट फर्किएपछि यी आक्रमण भएका हुन् । आफूसँग भेटको क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई प्याट्रियोट मिसाइल उपलब्ध गराउन सहमत भएको जेलेन्स्कीले बताएका थिए । युक्रेनको अधिकांश क्षेत्रमा हवाई रेड अलर्ट सुनिएका थिए । केही गैर–आवासीय स्थलमा आगो लागेको किभका मेयर भिताली क्लित्श्कोले टेलिग्राममा भनेका थिए ।
Read full story at source (ratopati.com)