सुनसरी घटनामा सरकार मौन बसेकोमा बासना थापाको आपत्ति [भिडियो]
hamrakura.com · Thu Jul 30 00:00:00 GMT 2026
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले सुनसरीको कप्तानगञ्जमा भएको झडपमा परी एक युवकको मृत्यु भएको घटनालाई लिएर सरकार र प्रधानमन्त्रीको कार्यशैलीप्रति आपत्ति जनाएकी छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रहरीको गोली लागेर नागरिकको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गरिन्। उक्त घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने र निष्पक्ष तथा विश्वसनीय छानबिन हुनुपर्ने माग गर्दै उनले नागरिकले ज्यान गुमाउँदा सरकारले देखाएको उदासीनताले राज्यप्रतिको भरोसा कमजोर बनाएको बताइन्।
Read full story at source (hamrakura.com)