सुनसरी घटना र धार्मिक असहिष्णुताबारे सांसद खुश्बु ओलीको सरकारमाथि प्रश्न
ratopati.com · Thu Jul 30 06:09:24 GMT 2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले सुनसरीमा 'बोलबम' धार्मिक यात्राका क्रममा भएको आक्रमण र त्यसपछि उत्पन्न परिस्थितिलाई लिएर सरकारको कडा आलोचना गरेकी छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सत्तारूढ दलले जारी गरेको प्रेस विज्ञप्तिमा घटनालाई 'संवेदनशील र दुःखद' भनिए पनि घटनाको विस्तृत विवरण र पृष्ठभूमिबारे मौन बसेकोमा आपत्ति जनाइन्। राजनीतिक दलले घटनाको स्वरूप नै स्पष्ट पार्न नसक्दा जनताले सरकारको छानबिन प्रक्रियामाथि कसरी विश्वास गर्ने भनी उनले प्रश्न गरिन्।
Read full story at source (ratopati.com)