खुस्बु ओलीको प्रश्न : प्रधानमन्त्रीले प्रहरीको गोली लागेर मृत्यु भएको भन्नुभयो, कसको आदेशमा चलाएको हो ?
annapurnapost.com · Thu Jul 30 06:17:27 GMT 2026

काठमाडौं : राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले सुनसरीमा कसको आदेशमा गोली चलाएको हो भन्दै प्रश्न गरेकी छन्। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री बालेनले प्रहरीको गोली लागेर युवकको मृत्यु भएको बताएकाले कसको आदेशमा गोली चलेको हो भन्दै प्रश्न गरेकी छन्।
‘प्रधानमन्त्रीज्यूले आफ्नो फेसबुकमार्फत गोली प्रहरीबाट चलेको स्वीकार गर्नुभएको छ । यदि गोली प्रहरीले चलाएको हो भने, त्यसको आदेश कसले दियो ? यदि गोली सरकारको नालबाट चलेको हो भने त्यहाँ किन हिन्दु धर्मालम्बीहरु मात्र घाइते भए ? गोलि वास्तवमा कसले चलाएको हो ? उनले भनिन्, ‘हिजो सत्तारूढ दलका सभापतिले पनि जेनजी जनआन्दोलनका क्रममा भएको गोलीकाण्ड र सुनसरी घटनाको गोलीकाण्ड फरक भएको भन्नुभयो । अवश्य पनि, घटना र स्थान, प्रकृति र पृष्ठभूमि फरक हुन सक्दछन । तर, त्यसपछि राज्यले वहन गर्नुपर्ने जवाफदेहिताको प्रश्न आज पनि एउटै छ ! भदौ २३-२४ का क्रममा भएका आदेश र अहिलेका आदेशहरु कुन संयन्त्रबाट हुने गर्दछ ?’
Read full story at source (annapurnapost.com)