साताव्यापी चीन भ्रमण सकेर झलनाथ स्वदेश फिर्ता
ratopati.com · Thu Jul 30 06:26:10 GMT 2026

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले श्रावण ७ देखि १३ सम्म मित्र राष्ट्र चीनको साताव्यापी भ्रमण सम्पन्न गरी स्वदेश फर्केका छन् । चीनमा रहँदा पूर्वप्रधानमन्त्री समेत रहेका खनालले नेपाल–चीनबिचको मैत्रीपूर्ण सम्बन्ध र सहयोगका विषयमा विस्तृत रूपमा विचार र अनुभवहरूको आदान–प्रदान गरेको उनको सचिवालयले जनाएको छ ।
त्यसक्रममा चिनियाँ पक्षले नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डताको पक्षमा रहेको, नेपालले आफ्नो विकास, निर्माण र रूपान्तरणको स्वतन्त्र बाटो पहिल्याएको देख्न चाहेको तथा नेपालको विकास प्रयासमा चीन कुनै पनि प्रकारको सहयोग गर्न तत्पर रहेको जनाएको थियो । सोही क्रममा नेता खनालले पनि नेपाल सधैं ‘एक चीन नीति’मा दृढ रहेको र नेपालको भूमि चीनविरुद्ध कसैले प्रयोग नगरोस् भन्ने चाहना व्यक्त गरेका थिए ।
Read full story at source (ratopati.com)