राष्ट्रिय यातायात नीति २०८३ स्वीकृत, ईभी, सडक सुरक्षा र हरित यातायातमा विशेष जोड
aarthiknews.com

काठमाडौं । सरकारले मुलुकको यातायात प्रणालीलाई सुरक्षित, व्यवस्थित, हरित र प्रविधिमैत्री बनाउने लक्ष्यसहित ‘राष्ट्रिय यातायात नीति, २०८३’ स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को असार २४ गतेको बैठकले पूर्वाधार विकास मन्त्रालयले प्रस्ताव गरेको नीति पारित गरेको हो। यससँगै २०५८ सालको राष्ट्रिय यातायात नीति खारेज भएको छ।
नयाँ नीतिले सडक, रेल, हवाई, जल तथा केबलकारलगायत सबै यातायात प्रणालीलाई एकीकृत रूपमा विकास गर्ने लक्ष्य लिएको छ। यातायात पूर्वाधारको योजना, निर्माण, सञ्चालन र व्यवस्थापनलाई तथ्य र प्रमाणमा आधारित बनाउँदै सेवा प्रवाहलाई भरपर्दो, सुरक्षित र सर्वसुलभ बनाउने सरकारको उद्देश्य छ। नीतिको कार्यान्वयनका लागि १०३ बुँदे कार्ययोजना पनि समावेश गरिएको छ।
Read full story at source (aarthiknews.com)