जनकपुरमा टायर बालेर प्रदर्शन, बजार आंशिक बन्द
baahrakhari.com · Thu Jul 30 07:31:16 GMT 2026

जनकपुरधाम । सुनसरीको कप्तानगन्ज घटनाका विषयमा बिहीबार (साउन १४) धनुषाको जनकपुरमा प्रदर्शन भइरहेको छ । बिहानदेखि जनकपुरधामका मुख्य चोकमा टायर बालेर प्रदर्शन भइरहेको हो ।
हिन्दु धर्मप्रति आस्थावान् संस्थाहरूको आह्वानमा बजार पनि बन्द गरिएको छ । आंशिक रूपमा बजार बन्द रहेको र रामान्दन, पीडारी चोकसहितका ठाउँमा टायर बालेर प्रदर्शन भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रुपेश खड्काले जानकारी दिए ।
Read full story at source (baahrakhari.com)