अन्य ब्राउजरभन्दा कसरी फरक छ टोर ब्राउजर ?
ictsamachar.com

काठमाडौं । ह्याकिङको दुनियाँमा परिचित नाम हो, टोर ब्राउजर । टोरलाई द ओनियन राउटर पनि भनिन्छ । टोर ब्राउजरको कन्सेप्ट एकदमै फरक छ । जसरी प्याजमा धेरै लेयरहरू हुन्छन्, त्यसरी नै टोर ब्राउजरले पनि प्याजको लेयर जस्तै कन्सेप्टमा काम गर्छ । टोर ब्राउजरमा पनि आईपीका धेरै लेयरहरू छन्, जसले तपाईको पहिचान लुकाउन मद्दत गर्दछ ।
अब एक्कैछिन आईपी बारे बुझौं । आइपी भनेको इन्टरनेट प्रोटोकल हो, जुन तपाईको इन्टरनेट पनि पहिचान हो । यसको माध्यमबाट तपाइँको पहिचान थाहा पाउन सकिन्छ, इन्टरनेटमा के गर्दै हुनुहुन्छ, स्थान के हो, सेवा प्रदायक को हो र धेरै अरु जानकारीहरु पनि यसमार्फत प्राप्त हुने गर्दछन् ।
Read full story at source (ictsamachar.com)