प्रा. डा. बराललाई ‘आउटस्ट्यान्डिङ एसियन पेडियाट्रिसियन अवार्ड’ प्रदान
baahrakhari.com · Thu Jul 30 08:10:52 GMT 2026

काठमाडौं । नेपालका प्रतिष्ठित तथा अग्रज बालरोग विशेषज्ञ प्रा. डा. मणीन्द्ररञ्जन बराललाई एसिया प्यासिफिक पेडियाट्रिक एसोसिएसनले प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ एसियन पेडियाट्रिसियन अवार्ड २०२६’ प्रदान गरेको छ । यो अवार्ड श्रीलंकाको कोलम्बोमा आयोजित १९औँ एसिया प्यासिफिक कांग्रेस अफ पेडियाट्रिक्सको उद्घाटन समारोहमा प्रदान गरिएको हो ।
एसिया–प्रशान्त क्षेत्रका बालरोग विशेषज्ञको यो अग्रणी संस्था मानिन्छ । पेडियाट्रिक एसोसिएसनले प्रा. डा. बराललाई बालरोग विज्ञान, नवजात तथा बालस्वास्थ्य सेवा, चिकित्साशिक्षा, अनुसन्धान र बालस्वास्थ्यको प्रवद्र्धनमा पुर्याएको दीर्घकालीन र अनुकरणीय योगदानको कदर गर्दै अवार्ड प्रदान गरेको जनाइएको छ ।
Read full story at source (baahrakhari.com)