पुरुष कर्मचारीलाई पनि ४५ दिन सुत्केरी स्याहार बिदा दिन आयोगको सिफारिस
nepallive.com · Thu Jul 30 08:33:31 GMT 2026

काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले पुरुष कर्मचारीको पत्नी सुत्केरी हुने अवस्थामा त्यस्ता कर्मचारीलाई सुत्केरी हुनुअघि वा पछि पारिश्रमिकसहित ४५ दिनको प्रसूति स्याहार बिदा दिने व्यवस्था कानुनमा समावेश गर्न सरकारलाई सिफारिस गरेको छ।
आयोगले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५’ संशोधनका लागि दिएको सुझावमा पुरुष कर्मचारीले आवश्यकताअनुसार पत्नी सुत्केरी हुनुअघि वा पछि ४५ दिनसम्म पारिश्रमिकसहित प्रसूति स्याहार बिदा पाउने व्यवस्था गर्नुपर्ने उल्लेख गरेको हो।
Read full story at source (nepallive.com)