संसदको मञ्चमा प्रचण्डले पोखे मनको बहः प्रधानमन्त्री बालेनले भेट्न नबोलाएको गुनासो
canadanepal.com · Thu Jul 30 08:37:45 GMT 2026

काठमाडौ- सत्तामा रहँदा होस् वा प्रतिपक्षमा, वा शीर्ष दलको नेताका रूपमा सिंहदरबार र बालुवाटारका ढोकाहरू पूर्वप्रधानमन्त्री एवं नेकपा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'का लागि सधैँ खुला हुन्थे। देशको राजनीतिक समीकरण बदल्न होस् वा कुनै संवैधानिक सङ्कट फुकाउन, बालुवाटारको फोन घण्टी प्रचण्डका लागि निरन्तर बजिरहन्थ्यो। तत्कालीन सत्ता साझेदार वा प्रतिस्पर्धी नेताहरूसँग तारन्तार बैठक हुन्थे।
तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री बनेयता सिंहदरबारको त्यो परिदृश्य फेरिएको छ। बिहीबार प्रतिनिधि सभा बैठकमा सम्बोधनका लागि उभिएका पूर्वप्रधानमन्त्री प्रचण्डले बालुवाटार र सिंहदरबारबाट निरन्तर बेवास्तामा परेपछि आफ्नो मनको उकुसमुकुस र बह रोस्ट्रममै पोखेका छन्।
Read full story at source (canadanepal.com)