६ महिनाभित्र ऋण तिर्ने प्रतिबद्धतासहित ज्योति समूहले सम्पत्ति लिलाम तत्काल रोकिदिन बैंकलाई लेख्यो पत्र
shilapatra.com · Thu Jul 30 08:51:04 GMT 2026

ज्योति समूहले आफ्नो धितोबापतको सम्पत्ति लिलाम तत्कालका लागि रोकिदिन प्रभु बैंकलाई पत्र पठाएको छ । व्यवसाय सञ्चालनका लागि ज्योति समूहअन्तर्गतका दुईवटा कम्पनी नर्थफेस होटल र नेपाल जनरल र्मोटिङका विभिन्न स्थानको जिन्सी सम्पत्ति (जग्गा) धितो राखेर ऋण लिएको थियो ।
तर, बैंकको ऋणको साँवा ब्याज नियमित गर्न नसकेपछि बैंकले ७ दिने सूचना प्रकाशित गर्दै धितो लिलामीको प्रक्रिया अघि बढाएको थियो । यसलगत्तै पत्र पठाउँदै धितो लिलामीको प्रक्रिया तत्काल रोकी ६ महिनाको समय उपलब्ध गराउन समूहले बैंकलाई विशेष अनुरोध गरेको छ ।
Read full story at source (shilapatra.com)