रसुवा बाढीमा ज्यान गुमाएकाप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली
lokaantar.com

रसुवामा आएको बाढीबाट नेपालले भोगेको क्षतिप्रति चीन सरकारले गहिरो दुःख व्यक्त गरेको छ । विपत्तिको यो घडीमा नेपाल एक्लै नरहेको र चीन सधैँ साथमा रहेको सन्देश चिनियाँ राष्ट्रपति सी चिनपिङ र प्रधानमन्त्री ली छियाङले दिएका छन् ।
प्रधानमन्त्री राहत कोषका लागि चीन सरकारले घोषणा गरेको सहयोग रकम हस्तान्तरण गर्न आइतबार अर्थ मन्त्रालय पुगेका नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई राष्ट्रपति सी र प्रधानमन्त्री लीको सन्देश सुनाएका हुन् ।
Read full story at source (lokaantar.com)