ईपीएस आवेदनको म्याद थपिएसँगै राहदानी विभागले थप आवेदन फाराम खोल्ने
nepalnews.com · Thu Jul 30 08:57:06 GMT 2026

काठमाडौँ। सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै राहदानी विभागले आगामी सोमबार अर्थात् १८ साउन २०८३ सम्म राहदानीका लागि आवेदन फाराम खुला राख्ने भएको छ। सार्वजनिक बिदाका दिन शनिबार र आइतबारसमेतलाई ध्यानमा राखेर विभागले उक्त अवधिसम्म आवेदन फाराम खुला गरेको हो।
वैदेशिक रोजगार विभागले १४ साउन २०८३ मा जारी गरेको सूचनाअनुसार दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आवेदन दिने म्याद थप गरिएको विषयलाई समेत ध्यानमा राख्दै राहदानी विभागले हाललाई थप आवेदन फाराम खोल्ने जनाएको छ।
Read full story at source (nepalnews.com)