माइतीघरमा तेस्रो दिन पनि लघुवित्त पीडितको सामूहिक आमरण अनशन
ratopati.com · Thu Jul 30 09:08:15 GMT 2026

काठमाडौँ । लघुवित्त पीडितहरूले सामूहिक आमरण अनशन तेस्रो पनि जारी राखेका छन् । विभिन्न पाँच बुँदे माग राख्दै साउन १२ गतेदेखि काठमाडौँको माइतीघर मण्डलामा अनसनमा बसेका पीडितहरूले बिहीबार पनि अनसनलाई निरन्तरता दिएका हुन् ।
उनीहरूले सर्वोच्च अदालतको परमादेश बमोजिम लघुवित्त पीडितका तीन बुँदे असहमति सहितको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न, विशेष वित्तीय ऐन खारेज गरी मुलुकी देवानी आचारसंहितामा आधारित वित्तीय प्रणाली लागू गर्न, गरिब, सुकुमबासी, मजदुर र किसानलाई बिना व्याज ऋण उपलब्ध गराउन, आवश्यकता र क्षमताको आधारमा काम र दाम उपलब्ध गराउन र निजी तथा वित्तीय संस्थाहरूको अन्त्य गरी समाजवादी अर्थ व्यवस्था कायम गर्न माग गरेका छन् ।
Read full story at source (ratopati.com)