लुम्बिनीको मुख्यमन्त्रीमा आचार्यलाई नै निरन्तरता दिने सहमति
ratopati.com · Thu Jul 30 09:14:54 GMT 2026

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता दिइने भएको छ।नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बिच सत्ता सहकार्यको सहमति भएपछि मुख्यमन्त्री परिवर्तन हुने चर्चा चलेको थियो । तर, एमालेभित्र भएको छलफलले आचार्यलाई नै प्रदेश सरकारको नेतृत्वमा निरन्तरता दिने निष्कर्ष निकालेको हो।
एमाले अध्यक्ष केपी शर्मा ओली, पार्टी उपाध्यक्ष विष्णु पौडेल, महासचिव शङ्कर पोख्रेल, मुख्यमन्त्री चेतनारायण आचार्य तथा पूर्वमुख्यमन्त्री लीला गिरीबिच भक्तपुरको गुण्डुमा भएको छलफलमा आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने सहमति भएको हो।
Read full story at source (ratopati.com)