निर्देशनमा डेब्यू गर्दै निर्माता पोखरेल, ‘प्रतिज्ञा’ को घोषणा
kalakarmi.com · Thu Jul 30 09:15:46 GMT 2026

काठमाडौं– निर्माता सुशील पोखरेलले निर्देशकको रूपमा डेब्यू गर्ने भएका छन् । हरि ओम सिनेमाज प्रालिको ब्यानरमा निर्माण हुन लागेको ‘प्रतिज्ञा’ मार्फत उनी निर्देशनमा आउन लागेका हुन् । सामाजिक सञ्जालमार्फत बिहीवार फिल्मको थीम पोस्टर सार्वजनिक गर्दै उनले फिल्मको औपचारिक घोषणा गरेका छन् ।
२०५४ सालदेखि फिल्म निर्माणमा सक्रिय पोखरेलले यसअघि ‘परदेशी’, ‘मैदान’, ‘जीवनदाता’, ‘जय शिव शंकर’, ‘निगरानी’, ‘बडिगार्ड’, ‘लभ सब’, ‘राधे’, ‘यात्रा’ तथा ‘परालको आगो’ निर्माण गरिसकेका छन् । विशेषगरी उनका सफल फिल्ममा ‘जय शिव शंकर’, ‘जीवनदाता’, ‘मैदान’, परालको आगो आदि पर्दछन् ।
Read full story at source (kalakarmi.com)