प्रदर्शन उग्र बनेपछि जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यू, प्रशासनद्वारा सुरक्षा व्यवस्था कडा
aarthiknews.com

जनकपुरधाम। धनुषा जिल्ला प्रशासन कार्यालयले जनकपुरधाममा बढ्दो तनाव र प्रदर्शनलाई मध्यनजर गर्दै जनकपुरधाम उपमहानगरपालिकासहित आसपासका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। बिहीबार दिउँसो ३ः३० बजेदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने गरी कर्फ्यू आदेश जारी गरिएको प्रशासनले जनाएको छ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार पछिल्लो समय प्रदर्शन चर्किँदै गएपछि सार्वजनिक शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न कर्फ्यू लागू गरिएको हो। प्रदर्शनका क्रममा अप्रिय घटना हुन सक्ने तथा जनधनको क्षति हुने सम्भावनालाई दृष्टिगत गर्दै जिल्ला सुरक्षा समितिको सिफारिसमा उक्त निर्णय गरिएको उनले बताए।
Read full story at source (aarthiknews.com)