सुनसरी घटनाले नागरिकको धार्मिक स्वतन्त्रता खोस्याे, उच्चस्तरीय छानबिन होस् -सांसद भरत गिरी
kendrabindu.com · Thu Jul 30 09:24:31 GMT 2026

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद भरत गिरीले सुनसरीमा बोलबमका तीर्थयात्रीमाथि भएको आक्रमणको घटनालाई लिएर आपत्ति जनाएका छन् ।
आन बसेकाे प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गिरीले आफ्नै देशमा नागरिकले धर्म र संस्कृति पालना गर्न पाउने मौलिक अधिकारमाथि प्रहार भएको बताएका हुन् । उनले गत साउन १० गते सुनसरीस्थित सप्तकोशीबाट पवित्र जल उठाएर बोलबमको मन्त्र जप्दै डिजे प्रयोग गरी शान्तिपूर्ण रूपमा हिँडेका निहत्था हिन्दू श्रद्धालुहरूमाथि साङ्घातिक आक्रमण हुनु गम्भीर चिन्ताको विषय भएको उल्लेख गरे । उनले आफ्नै देशमा धार्मिक आस्था र परम्परा जोगाउन हिँडेका नागरिकमाथि हमला हुनुले नागरिकको धार्मिक स्वतन्त्रता खोसिएको आभास भएको भन्दै राज्यको ध्यानाकर्षण गराए ।
Read full story at source (kendrabindu.com)