गुठी समस्या समाधान र बाँदर नियन्त्रणका लागि तत्काल कानुन निर्माण गर्न सांसदको माग
makalukhabar.com · Thu Jul 30 09:29:23 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले गुठी पीडित किसानका समस्या समाधान गर्न र देशव्यापी रूपमा फैलिएको बाँदर आतंक नियन्त्रणका लागि तत्काल प्रभावकारी कानुन निर्माण गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख सचेतक दुलालले किसानका गम्भीर समस्याहरूतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् । प्रमुख सचेतक दुलालले ऐतिहासिक, सांस्कृतिक र धार्मिक सम्पदाहरूको संरक्षण राज्यको दायित्व भएपनि गुठीका नाममा वर्षौंदेखि जोतभोग गर्दै आएका वास्तविक किसान अन्यायमा परेको बताए ।
Read full story at source (makalukhabar.com)