शिक्षकलाई लागुऔषध दुर्व्यसन पहिचानसम्बन्धी तालिम दिइने
ratopati.com · Thu Jul 30 09:37:47 GMT 2026

झापा । झापामा विद्यालय तहबाट लागुऔषध दुर्व्यसन रोकथामलाई प्रभावकारी बनाउने उद्देश्यले शिक्षकलाई दुर्व्यसनका प्रारम्भिक लक्षण पहिचान, आधारभूत परामर्श तथा आवश्यक सहयोगसम्बन्धी तालिम प्रदान गरिने भएको छ। जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरिरहेको ‘लागुऔषधविरुद्ध झापा अभियान’ अन्तर्गत शिक्षकलाई लक्षित गरी उक्त तालिम सञ्चालन गर्न लागिएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक वसुन्धरा खड्काका अनुसार शिक्षकले विद्यार्थीमा देखिने दुव्र्यसनका प्रारम्भिक सङ्केत समयमा पहिचान गर्न सक्ने, आवश्यक प्रारम्भिक परामर्श दिन सक्ने र सम्बन्धित निकायसम्म समन्वय गर्न सक्ने क्षमता विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिनेछ। यससँगै युवालाई लक्षित सचेतनामूलक कार्यक्रमसमेत अघि बढाइने उनले बताए।
Read full story at source (ratopati.com)