रोकिएन नेप्सेको ओरालो यात्रा‚ २६७२.५८ विन्दुमा अडियो
nepalnews.com · Thu Jul 30 09:41:52 GMT 2026

काठमाडौँ। साताको चौथो कारोबार दिन आज (बिहीबार) नेप्से दोहोरो अंकले घटेको छ। दिनभर उतारचढाव रहेको नेप्से अन्तत: १६.२९ अंकले घटेर बन्द भयो। अघिल्लो कारोबार दिनको तुलनामा आज कारोबार रकम पनि घटेको छ।
नेप्से बुधबार ७.७९ अंकले घटेको थियो भने मंगलबार ४.६४ अंकले घटेको थियो। सोमबार ३३.२८ अंकले घटेको थियो। अघिल्लो कारोबार दिनको तुलनामा आज ०.६० प्रतिशतले घट्दै नेप्से २६७२.५८ विन्दुमा रोकिएको छ।
Read full story at source (nepalnews.com)