सुनसरी घटनाको विरोधमा राष्ट्रिय एकता दलका अध्यक्ष यादव अनशनमा
kendrabindu.com · Thu Jul 30 09:44:05 GMT 2026

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको विरोधमा राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादव बिहीबारदेखि काठमाडौंमा आमरण अनशनमा बसेका छन्। यसअघि सरकारलाई दिइएको २४ घण्टे अल्टिमेटमभित्र कुनै ठोस पहल नभएको भन्दै यादवले आमरण अनशन सुरु गरेको राष्ट्रिय एकता दलले जनाएको छ।
काठमाडौंमा आयोजित अनशन कार्यक्रममा दलका नेता, कार्यकर्ता तथा समर्थकको उपस्थिति रहेको थियो। अनशनस्थलमा सुनसरी घटनामा ज्यान गुमाएका युवाको तस्बिर राखिएको थियो भने घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारलाई न्याय दिलाउनुपर्ने माग गरिएको थियो।
Read full story at source (kendrabindu.com)