सिरहामा कर्फ्यूबीच प्रदर्शन, ब्यारेकबाट निस्कियो सेना
nepalpress.com · Thu Jul 30 09:41:36 GMT 2026

जनकपुरधाम । सिरहामा तनाव बढेपछि नेपाली सेना परिचालन गरिएको छ । कर्फ्यूका बाबजुद प्रदर्शन जारी रहँदा र सुरक्षा निकायसँग झडप हुन थालेपछि सेना ब्यारेकबाट निस्किएको हो । लहान र गोलबजार क्षेत्रमा नेपाली सेना परिचालित छन् ।
प्रदर्शनकारी र सुरक्षा निकायबीच दिनभर झडप भइरहँदा प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गर्नुका साथै स्थिति नियन्त्रणमा लिन चेतावनीस्वरूप हवाईँ फायरसमेत गरेको छ ।
Read full story at source (nepalpress.com)