एनआईसी एशिया बैंकद्वारा नेपाल पे कार्ड अक्वायरिङ्ग सुरु
arthasansar.com

एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो डिजिटल बैंकिङ सेवालाई अझ सुदृढ बनाउँदै नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) मार्फत नेपालपे कार्ड अक्वायरिङ्ग सेवा सुरु गरेको छ । यससँगै अब बैंकले आफ्नो ग्राहकहरुका लागि नेपालेपे कार्ड अक्वायर गर्न सक्नेछ ।
त्यस्तै डिस्कभर नेटवर्क अन्तर्गतको रुपैयाँ कार्ड लगायत अन्य अन्तर्राष्ट्रिय कार्डहरु पनि अब बैंकको एटीएम र पीओएस टर्मिनलमा प्रयोग गर्न सकिनेछ । बैंकले हाल नेपालपे लगायत विभिन्न कार्ड स्कीमहरु मार्फत डिजिटल सेवा प्रदान गर्दै आइरहेकोमा, बैंकको यस पहलले नेशनल कार्डको प्रवद्र्धन गर्नुका साथै डिजिटल रुपान्तरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
Read full story at source (arthasansar.com)