देश सङ्कटमा पर्दा पनि नदेखिने प्रधानमन्त्री !
baahrakhari.com · Thu Jul 30 10:00:00 GMT 2026
सुनसरीको देवानगञ्ज कप्तानगञ्ज क्षेत्रमा भएको हिंसात्मक घटनाले मुलुकलाई गम्भीर मोडमा उभ्याएको छ । एक जनाको ज्यान गएको छ भने बीसौं जना घाइते भएका छन् । साम्प्रदायिक सद्भावमा खलबलिने चिन्ता बढेको छ । आक्रोश सिरहा, धनुषालगायतका जिल्लामा समेत देखिन थालेको छ । यस्तो बेलामा शान्ति सुरक्षा कायम गर्नुमात्र होइन नागरिकमा विश्वास कायम गर्नु पनि सरकारको पहिलो दायित्व हो ।
त्यसका लागि सबैभन्दा उपयुक्त र संवैधानिक मञ्च जनतका प्रतिनिधिहरू रहेको संसद् नै हो । तर संसद् चलिरहेकै बेला पनि प्रधानमन्त्री बालेन्द्र शाह सदनमा उपस्थित भएर देशलाई सम्बोधन गर्न तयार देखिएनन् । यही कारण यतिबेला एउटा घटनाको मात्र नभई प्रधानमन्त्रीको जवाफदेहीमा पनि प्रश्न उठेको छ ।
Read full story at source (baahrakhari.com)