फ्लेमिङ इङ्गल्याण्डको टेस्ट टोलीको मुख्य प्रशिक्षक नियुक्त, जो रुट फेरि कप्तान
ratopati.com · Thu Jul 30 10:10:53 GMT 2026
काठमाडौँ । न्यूजिल्याण्डका पूर्वकप्तान स्टीफन फ्लेमिङ इङ्गल्याण्ड पुरुष टेस्ट क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनले इङ्गल्याण्ड तथा वेल्स क्रिकेट बोर्ड (ईसीबी)सँग सन् २०३० को सेप्टेम्बरसम्मका लागि चार वर्षको सम्झौता गरेका छन् ।
५३ वर्षीय फ्लेमिङले यस महिनाको सुरुमा इन्डियन प्रिमियर लिग (आईपीएल) फ्रेन्चाइज चेन्नई सुपर किंग्ससँगको १८ वर्ष लामो सम्बन्ध अन्त्य गरेका थिए । उनी यसअघि मिडिलसेक्स, योर्कशायर र नटिङ्घमशायरबाट काउन्टी क्रिकेट खेलिसकेका छन् भने ‘द हन्ड्रेड’ प्रतियोगितामा सदर्न ब्रेभको प्रशिक्षकका रूपमा पनि काम गरिसकेका छन् ।
Read full story at source (ratopati.com)