सामाजिक सद्भाव कायम राख्न पूर्वराजा ज्ञानेन्द्र शाहको अपिल
annapurnapost.com · Thu Jul 30 10:18:24 GMT 2026

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले धार्मिक,सांस्कृतिक तथा सामाजिक सद्भाव कायम राख्न सबैलाई अपिल गरेका छन्। बिहीबार सद्भाव सन्देश जारी गर्दै पूर्वराजा शाहले नेपाल निर्माणको सुरुदेखि नै नेपालीहरू मिलिजुली,हाँसीखुसी र आपसी प्रेमका साथ बस्दै आएको उल्लेख गर्दै नेपालको बहुजातीय,बहुभाषिक तथा बहुधार्मिक विशेषतालाई देशको पहिचान र गौरवका रूपमा जोगाउनुपर्ने बताएका छन्।
उनले नेपाली समाजमा रहेका विविध धर्म,संस्कृति,रीतिरिवाज तथा आस्थाको सम्मान गर्दै यिनै विशेषताका कारण नेपाल विश्वमा सम्मानित रहेको उल्लेख गरेका छन्। यस्तो मौलिक पहिचानमा कसैबाट पनि खलल पुग्न नहुने उनको भनाइ छ।
Read full story at source (annapurnapost.com)