अर्थसम्बन्धी कानून संशोधन विधेयक छलफलका लागि पठाइयो समितिमा
hamrakura.com · Thu Jul 30 00:00:00 GMT 2026
काठमाडौँ । ‘अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए ।
यसैबीच, आजको बैठकले पूर्वउपप्रधानमन्त्री एवं संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनमा गहिरो शोक प्रकट गर्दै शोक प्रस्तावसमेत सर्वसम्मतिले पारित गरेको छ। प्रतिनिधिसभाको अर्को बैठक आगामी साउन १९ गते मङ्गलबार दिउँसो १:०० बजे बस्ने सभामुख डोलप्रसाद अर्यालले जानकारी दिएका छन्।
Read full story at source (hamrakura.com)