जेनजीपछि जेन अल्फाको प्रदर्शन, किन आक्रोशित छन् उत्तर प्रदेशको यो विद्यालयका विद्यार्थी ?
ratopati.com · Thu Jul 30 10:32:16 GMT 2026

काठमाडौँ । दिल्लीको जन्तरमन्तरमा जेनजी युवाहरूले गरेको प्रदर्शन भारतमा मात्र नभई विश्वभर चर्चाको विषय बनेको थियो । सामाजिक सञ्जालमा प्रदर्शनका तस्बिर र भिडियो करोडौँ मानिससम्म पुगेका थिए । ३६ दिनपछि शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामासँगै उक्त प्रदर्शन अन्त्य भएको थियो ।
तर त्यसको प्रभाव भने अझै समाप्त भएको देखिँदैन । यस्तैमा उत्तर प्रदेशको एउटा भिडियो सार्वजनिक भएको छ । फतेहपुर जिल्लाको विजयीपुर ब्लकअन्तर्गत किशनपुर कस्बास्थित सर्वोदय इन्टर कलेजमा गत मंगलबार ठूलो संख्यामा जेन अल्फा विद्यार्थी प्रदर्शनमा उत्रिएका थिए ।
Read full story at source (ratopati.com)