साम्प्रदायिक सद्भाव कायम राख्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको आग्रह
himalpress.com · Thu Jul 30 10:39:23 GMT 2026

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सुनसरीसहित देशका केही स्थानमा उत्पन्न साम्प्रदायिक तनाव तथा हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गर्दै सबै पक्षलाई संयम, सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेकी छन्।
बिहीबार जारी विज्ञप्तिमा उनले घटनामा दुई जनाको ज्यान गएको तथा अन्य केही व्यक्ति घाइते भएकोप्रति दुःख व्यक्त गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेकी छन्। शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्।
Read full story at source (himalpress.com)