जापानमा भूकम्प : मर्नेको सङ्ख्या ३४ पुग्यो
ratopati.com · Thu Jul 30 10:45:16 GMT 2026

टोकियो । जापानको कुमामोटो प्रिफेक्चरमा गएको ६ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको छ । मंगलबार क्युशु द्वीपमा आएको भूकम्पले घर, विद्युत् प्रसारण लाइन तथा अन्य पूर्वाधारमा व्यापक क्षति पुर्याएको थियो ।
उद्धार टोलीहरू अझै पनि भग्नावशेषमा फसेका सम्भावित जीवित व्यक्तिको खोजीमा जुटिरहेको स्थानीय अधिकारीहरूले बिहीबार बताएका छन् । भूकम्पपछि एउटा सपिङ सेन्टरको केही भाग भत्किएको थियो । त्यसको करिब एक घण्टापछि त्यही स्थानमा विस्फोट हुँदा थप मानवीय क्षति भएको थियो ।
Read full story at source (ratopati.com)