अपेक्षा गरेभन्दा धेरैले बढ्यो यूरोजोनको अर्थतन्त्र
ratopati.com · Thu Jul 30 10:46:43 GMT 2026

ब्रसेल्स । यूरोपका २१ देश सम्मिलित युरोजोनको अर्थतन्त्र अपेक्षा गरेभन्दा राम्रो दरले बढेको छ । कृत्रिम बौद्धिकता (एआई)मा बढेको लगानी, सरकारी खर्च तथा उपभोक्ताको बलियो खर्च गर्ने प्रवृत्तिका कारण सन् २०२६ को दोस्रो त्रैमासमा अर्थतन्त्र बढेको विश्लेषण गरिएको छ ।
हालै सार्वजनिक तथ्यांकअनुसार युरोजोनको त्रैमासिक कुल गार्हस्थ उत्पादन (जीडीपी) शून्य दशमलव ४ प्रतिशतले बढेको छ । सो अवधिमा अर्थतन्त्र शून्य दशमलव २ प्रतिशतले बढ्ने विश्लेषण गरिएको थियो । सो अवधमिा वार्षिक आर्थिक वृद्धि १ प्रतिशत पुगेको छ । यो पनि अनुमान गरिएको शून्य दशमलव ५ प्रतिशतभन्दा धेरै हो ।
Read full story at source (ratopati.com)