स्वास्थ्यकर्मीहरूमाथि भइरहेको शृङ्खलाबद्ध आक्रमणका दोषीलाई कारबाही गर्न तोसिमाको माग
hamrakura.com · Thu Jul 30 00:00:00 GMT 2026
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले स्वास्थ्यकर्मीहरूमाथि भइरहेको शृङ्खलाबद्ध भौतिक आक्रमण र दुव्र्यवहारप्रति गम्भीर ध्यानाकर्षण गराउँदै दोषीलाई कडा कारबाही र सुरक्षाको पूर्ण प्रत्याभूति गर्न सरकारसँग माग गरेकी छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद कार्कीले स्वास्थ्य क्षेत्रमा व्याप्त दण्डहीनता र प्रशासनिक लाचारीका कारण अस्पतालहरू असुरक्षित बन्दै गएको बताइन्। अस्पतालभित्र चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने कुटपिट, त्यसपछि हुने आन्दोलन र सरकारसँग गरिने कागजी सम्झौताको ‘दुश्चक्र’ वर्षौँदेखि चलिरहेको उल्लेख गर्दै उनले हालै वीरगन्जस्थित नारायणी अस्पतालपछि भक्तपुर अस्पतालमा समेत स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार हुनुले राज्यको सुरक्षा संयन्त्र असफल भएको पुष्टि गरेको तर्क गरिन्।
Read full story at source (hamrakura.com)