नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद - पूर्वराजा शाह
arthasansar.com

पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहले सुनसरी जिल्लाका विभिन्न गाउँबस्तीमा भएको आपसी द्वन्द्व र त्यसबाट उत्पन्न अशान्तिप्रति चिन्ता व्यक्त गरेका छन् । साउन १४ गते निर्मल निवासस्थित संवाद सचिवालयमार्फत एक सद्भाव सन्देश जारी गर्दै उनले नेपालीहरूबीचको ऐतिहासिक एकता र सामाजिक सद्भाव कायम राख्न अपील गरेका हुन् ।
पूर्वराजा शाहले सुनसरीमा भएको विवादले जनधनको क्षति पु¥याएको र त्यसको असर कोशी क्षेत्र तथा तराईका विभिन्न भू–भागमा फैलिएको खबरले आफूलाई अत्यन्त दुखी तुल्याएको बताएका छन् । जारी सन्देशमा भनिएको छ, ‘समाजका सबै समुदायमा सामन्जस्य रहेको देशका रूपमा सुपरिचित नेपालमा यस प्रकारका अवाञ्छित घटना र दुर्घटना घट्नु चिन्ताको विषय हो । यो हाम्रो मौलिक मूल्य र मान्यता विपरीतको विषय हो ।’
Read full story at source (arthasansar.com)