सबै समुदायलाई संयमता अपनाउन पूर्व राष्ट्रपति भण्डारीको आग्रह
annapurnapost.com · Thu Jul 30 10:58:58 GMT 2026

काठमाडौं : पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सबै समुदायलाई संयमता अपनाउन आग्रह गरेकी छन् । उनले केही दिनयता सुनसरीलगायतका जिल्लामा उत्पन्न सामुदायिक तनाव तथा हिंसात्मक घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संयमता अपनाउन आग्रह गरेकी हुन् ।
उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र भएको बताउँदै यहाँ विभिन्न जाति, धर्म, भाषा र संस्कृतिका समुदायहरू शताब्दीयौंदेखि आपसी सद्भाव, सहिष्णुता र सहअस्तित्वका साथ बसोबास गर्दै आएको बताएकी छन् । उनले विविधताबीचको एकता, पारस्परिक सम्मान र सामाजिक सद्भाव नेपाली समाजको गौरव र राष्ट्रिय शक्तिको महत्वपूर्ण आधार भएको बताएकी छन् । उनले पुर्खाले निर्माण गरी पुस्तौंदेखि जोगाउँदै आएको यस अमूल्य परम्परालाई कुनै पनि परिस्थितिमा कमजोर हुन दिन नहुने पनि बताएकी छन् ।
Read full story at source (annapurnapost.com)