शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल
nepaltvonline.com · Thu Jul 30 11:28:42 GMT 2026

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा भएको दुःखद घटनापछि उत्पन्न परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै नेपालीलाई अपिल गर्नुभएको छ।
आज जारी अपिलमा राष्ट्रपति पौडेलले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ।
Read full story at source (nepaltvonline.com)