सुनसरी घटनाको विषयमा नवलपरासीमा पनि प्रदर्शन, प्रहरीबीच घम्साघम्सी
annapurnapost.com · Thu Jul 30 11:28:27 GMT 2026

परासी : सुनसरीको देवानगञ्ज घटनाको विषयलाई लिएर नवलपरासीको सदरमुकाम परासीमा पनि बिहीबार प्रदर्शन भएको छ । विश्व हिन्दु परिषद् नेपाल नवलपरासीले परासीको रामजानकी मन्दिरबाट निकालेको जुलसले परासी बजार परिक्रमा गरेको थियो । सुनसरी घटनाको छानबिन, दोषीलाई कारबाहीको माग गर्दै निस्केको जुलस बुद्धचोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
कोण सभा सुरु भएसँगै सडकमा टायर बालेपछि हटाउन पुगेको सुरक्षाकर्मी र प्रदर्शनकारीबीच धकेलाधकेलसहित केही समय घम्साघम्सी भएको थियो । प्रदर्शनकारीहरुले प्रतिवाद गरेपछि प्रहरीले बलिरहेको टायर छाडेका थिए । कोण सभामा बोल्ने वक्ताहरुले धर्मका नाउँमा राजनीति नगर्न र धार्मिक सहिष्णुता कायम गर्न अनुरोध गरेका थिए ।
Read full story at source (annapurnapost.com)