गृह र स्वास्थ्यमन्त्रीले कप्तानगञ्जमा दुई मृतकका परिवारलाई भेट्ने
nepalpress.com · Thu Jul 30 11:38:10 GMT 2026

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहता आज सुनसरी जाने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटपछि गृहमन्त्री त्यता जान लागेका हुन् ।
गुरुङ र मेहता सुनसरीस्थित देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज जाने सचिवालयले जनाएको छ । उनीहरूले गत साउन १० गते सुनसरीमा भएको झडपमा मृत्यु भएका ओमप्रकाश मेहता र सोही झडपमा घाइते भइ उपचारका क्रममा आज मृत्यु भएका जयप्रकाश मेहताका परिवारसँग भेट गर्ने योजना छ । सुनसरी मन्त्री मेहताको गृह जिल्ला हो ।
Read full story at source (nepalpress.com)